Sat Jun 25 2022
देश

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १० जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १२० जना संक्रिय संक्रमित रहेका छन् ।