Sun Jun 26 2022
देश

लागु औषधसहित तीन जना प्रहरी नियन्त्रणमा

सिरहा प्रहरीले भारीमात्रामा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले भारत विहार राज्यको मधुवनी, राजनगरथना गाउँ पन्चायत ७ घर भइ हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, गसु पन्चायत थना पिप्राही १ का २७ वर्षीय​ धरमेन्द्र ठाकुर र लहान ७ का दयाराम ठकुरका छोरा १८ वर्षीय गौतम ठाकुरलाई लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरी टोलीले बिशेष सूचनाको आधारमा लहान नगरपालिका ८ मा रहेको मो.अफजकले सन्चाल्न गरेको अल्मुनियम भाडाको पसल र लहान १ का दयाराम ठाकुरको घरमा खान तलासी गरी डाइजिक्याव ६ सय ४५ एम्पुल, फेरागन ६ सय ४५ एम्पुल, ब्युप्रीनोर्फिन ६ सय ४५ एम्पुल, नाइट्रोभेट ४ सय ८० ट्याबकेट, स्यामोफ्रोक्सोभिन ४ सय ३२ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट ४३ हजार ५ सय नगद, मोबाइल थान ३ थान र मोटरसाइकल एक थान बरामद छ। मो.अखतरलाई भाडा पसल र धरमेन्द्र ठाकुरलाई दयाराम ठाकुरको घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरुलाई लागु औषध मुद्दामा म्याद थपको लागि सिरहा जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।