जोडिनुहोस
  • होमपेज
  • माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या ३३ प्रतिशतले घट्यो, कुटनीतिक विवादको असर पर्यटनमा

माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या ३३ प्रतिशतले घट्यो, कुटनीतिक विवादको असर पर्यटनमा

माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या गएको वर्षको तुलनामा ३३ प्रतिशतले घटेको छ । न्यु दिल्ली र मालेबीचको कुटनीतिक विवाद निरन्तर बिग्रँदै गएको कारण माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्यामा उच्च गिरावट आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै त्यहाँको बेबसाइट अधाधुले जनाएको छ ।

पर्यटन मन्त्रालयको २०२३ को तथ्याङ्कअनुसार गएको वर्षको मार्च ४ सम्म ४१ हजार ५४ जना भारतीयले माल्दिभ्स भ्रमण गरेका थिए । यो वर्षको मार्च २ सम्म भने जम्मा २७ हजार दुई सय २४ जना भारतीय पर्यटक माल्दिभ्स पुगेका खबरमा उल्लेख छ । यो वर्ष गएको वर्षको तुलनामा १३ हजार जनाभन्दा कम भारतीय पर्यटक माल्दिभ्स पुगेका हुन् ।

गएको वर्षको यही अवधिमा भारत १० प्रतिशत बजार हिस्सेदारीसहित माल्दिभ्समा पर्यटकका लागि दोस्रो सबैभन्दा ठूलो स्रोत बजार थियो । तर अहिले छ प्रतिशत बजार हिस्सेदारीसहित भारत छैटौँ स्थानमा आइपुगेको छ । समाचार एजेन्सी एउनआईका अनुसार हरेक वर्ष दुई लाख जनाभन्दा धेरै पर्यटकका साथ भारत सन् २०२१ देखि २०२३ सम्म माल्दिभ्सका लागि शीर्ष पर्यटन बजार बनेको थियो । तर यो वर्ष ५४ हजार जनाभन्दा धेरै पर्यटकसहित चीन शीर्ष बजार बनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर माल्दिभ्सका तीन जना उपमन्त्रीले अपमानजनक टिप्पणी गरेपछि दुई देशबीचको विवाद बढ्दै गएको छ । त्यसयता भारतीयहरूले माल्दिभ्सको सट्टा लक्षद्वीप नै घुम्न जाने अभियान नै चलाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका