Sat Jun 25 2022
खेलकुद

हङकङविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङविरुद्ध सुरुआतमा ब्याटिङ थालेको छ ।

किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । हङकङले सुरुआतमा फिल्डिङ गरिरहेको छ ।

हङकङविरुद्ध मैदान उत्रदा आज नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी हैन । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।