Sat Jun 25 2022
देश

कलङ्कीमा नक्कली डलर दिएर ८ लाख रुपैयाँ ठगी

काठमाडौं । कलङ्कीमा नक्कली डलर दिएर ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले सिन्धुपाल्चोकको बाह्रबिसे स्थायी घर भई काठमाडौंको स्युचाटार बस्दै आएका ३३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।

गत जेठ १७ गते कुमारले आमा बिरामी भएकाले पैसा चाहिएको भन्दै सस्तोमा अमेरिकी डलर दिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

आफूलाई दिइएको नोट नक्कली भएको पाएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । श्रेष्ठबाट अरू पनि पीडित हुन सक्ने भन्दै प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ ।