Sun Jun 26 2022
मुख्य खबर

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

अमृत ढकाल-  जुन महिनाको २१ तारिख अर्थात असार ७ गते मंगलबार देशभर विविध कार्यक्रम गरी आठौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।

विगतका वर्षमा कोरोना महामारीका कारण सार्वजनिक रुपमा योग दिवस मनाउन नपाएका सर्वसाधरणले यस वर्ष भने खुलेरै योग दिवस मनाएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहानै काठमाडौं स्थित भारतीय राजदुतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै योग स्वास्थ्यका लागि फाइदा भएको भन्दै सबैलाई नियमित योग गर्न सुझाव दिए ।

लैनचौरबाट फर्कीय लग्त्तै प्रधानमन्त्री देउवाले योग दिवसका अवसरमा सैनीक हेडक्वाटरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सैनिक मुख्यालय जंगिअड्डामा प्रधानमन्त्री संगै संस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र कृषि मन्त्री महेद्र यादव पनि कार्यक्रममा सहभागी भएका थिए ।

सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लैनचौरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए भने गृहमन्त्री बालकृष्ण खाँण शशत्र प्रहरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रोे, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमता बढ्ने , शरीर मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने विशवास छ ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको शास्त्रमा उल्लेख गरिएको छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो ।

बीचको केही समय योगको अभ्यासमा कमि आए पनि पछिल्लो समय भने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण सुरु भएको छ ।

नेपालमा विसं २०३६ साल देखि योग दिवस मनाउन सुरु गरिए पनि संयुक्त राष्ट्र संघले भने सन २०१५ देखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रश्ताव गरेका थिए ।

उक्त प्रश्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेसँगै युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।