जोडिनुहोस
  • होमपेज
  • लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने

लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने

लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप टिम खेल्ने भएका छन् । पहिलो खेलमा १९९६ लेजेन्डलाई ५ विकेट पराजित गर्दै २०१४ विश्वकप टिम फाइनलमा पुग्दा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो । रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

सन्जय श्रेष्ठले २०, लालबहादुर अधिकारीले १९ र सन्जिव जोशीले १० रन जोडे पनि जितका लागि प्रयाप्त हुन सकेन । बलिङमा रेस्ट अफ नेपालका लक्पा लामा र राजु बस्न्यातले एकएक विकेट लिए । यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । रेस्ट अफ नेपालका लागी विकाश डलिले २१, दीपेन्द्र चौधरी १९, पारस लुनिया १४ र राजु बस्न्यातले १० रनको योगदान दिएका थिए । बलिङमा रुपन्देही लिजेन्ड्सका सुशन मन श्रेष्ठले ३, हरि थापा, कृशन कुवर र पुनित पोख्रेलले एक(एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका