Sun Jun 26 2022
मुख्य खबर

सत्तारुढ दलद्धारा सरकारको चर्को आलोचना : मल नपाएको र महँगी बढेकोमा आक्रोश

सत्तारुढ दलका सांसदहरुलेनै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद सञ्जयकुमार गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले महंगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै नेकपा (माओवादी केन्द्रकी सांसद धर्मशिला चापागार्इँले आपत्ति जनाउनु भयो ।

अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

सांसद बिसुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भनि सरकारसँग प्रश्न समेत गर्नु भयो ।