Wed Jun 29 2022
मुख्य खबर

शेयर कारोबार सुरक्षित बनाउन एमाले प्रमुख सचेतक भट्टराईको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पुँजिबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजिबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो ।

पुँजिबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भिर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उहाँले पुँजिबजारको पुर्नउत्थान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफुलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताउनुभयो ।

उहाँले बेला बेलामा नेताहरुले पुँजिबजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो ।