Sun Jun 26 2022
मुख्य खबर

घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन सुरु

मधेश प्रदेशका एक लाख जेष्ठ नागरिक,अपाङ्ग,गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई घरघरमा पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले मधेश प्रदेशका आठै वटा जिल्लाहरुका एक लाख जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती र शारिरीक रुपमा अशक्त नागरिहरुलाई घरघरमा पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाउने पहिलो चरणको कार्य सुरु भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै पहुँच नपुगेका कारण कोरोना विरुद्धको खोप लगाउन नपाउनेहरुले मधेश प्रदेशमा घुम्ती खोप सेवा सुरुभएपछि राहत पाउने मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले बताउनु भयो

मधेश प्रदेश सरकारले कोभिड १९ का सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु समेत जारी राखेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.मुक्ती नारायण साहले बताउनु भयो ।

विभिन्न संघ संस्थाको सहयोगमा कोरोना विरुद्धको खोप कार्यक्रम संचालन गरिएको हो ।