जोडिनुहोस
  • होमपेज
  • एपीएफलाई हराउँदै चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेको छ । बिर्तामोडको डोमालाल रङ्गशालामा आज भएको फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गोलले हरायो । पहिलो हाफमा १ गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा थप २ गोल गर्‍यो । चर्च ब्वाइजले खेलको ११, ७० र ८६ औँ मिनेटमा गोल गर्‍यो । यो जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेको एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका