Sat Jun 25 2022
देश

शंखरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित देउराली भन्ज्याङमा टिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मंगलबार राति ९ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

प्रदेश–३ ०१–००६ ख ३४७४ नम्बरको टिप्पर चालकलाई प्रहरीले मेलम्चीमा पक्राउ गरेर काठमाडौं ल्याएको छ । पक्राउ पर्नेमा टिपर चालक रामेछापको मन्थली नगरपालिका–१४ घर भएका सुमन तामाङ छन् । चालकलाई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।