जोडिनुहोस
  • होमपेज
  • लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

लोसपाको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

साथै लोसपाले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ । काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।

लोसपाका प्रतिनिधि सभामा चार र राष्ट्रिय सभामा एक सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका