Wed Jun 29 2022
देश

अनसनरत कोइराला भेट्न खुमलटार पुगे बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनसनरत तिलक कोइराला भेट्न खुमलटार पुगेका छन् । गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् ।

पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् । पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।