Wed Jun 29 2022
देश

हुम्ला स्वास्थ्य कार्यालय अगाडि शंकास्पद वस्तु भेटियो

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेटनजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।

खेतमा भेटिएको शंकास्पद वस्तु माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयको आशंका छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने, तर शंकास्पद वस्तु रहेको जनाएको छ ।

नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।