काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा सुरू हुँदैछ ।
संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा नियुक्त गरिएका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरू हुन लागेको हो ।
रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन् ।
अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरू नियुक्त भएका थिए ।