जोडिनुहोस
  • होमपेज
  • सुनको सिक्री नदिएको भन्दै विवाह रोक्ने बेहुला प्रहरीको नियन्त्रणमा

सुनको सिक्री नदिएको भन्दै विवाह रोक्ने बेहुला प्रहरीको नियन्त्रणमा

पर्सा । बारामा सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गर्ने बेहुला प्रहरी खोरमा पुगेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चोकका घर भई वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले सिक्री नपाएको भन्दै केटी पक्षलाई विवाह मण्डपमै गाली वेइज्ज्ती गर्दै विवाह गर्न इन्कार गरेका थिए ।

बेहुला साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक थान सुनको औँठी र हनुमानको माला लिएको केटी पक्षको आरोप छ ।

पर्साको वीरगञ्ज महानगरपालिका २४ रानीघाट निवासी सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह फागुन २८ गते हुँदै थियो । विवाहको दिन बेहुला पक्षले रक्सीसमेत सेवन गरेको छिमेकीहरूले बताएका छन् । राती विवाद भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हाल बेहुलालाई प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बेहुली रमिता कुमारीले अब त्यस केटासँग विवाह नगर्ने अडान लिएकी छिन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका