जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।सत्ता समिकरण फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिएसँगै पुन आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका