Mon Jul 4 2022
देश

उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए ।

उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए । सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए । उनले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पु¥याउने गरी उपचार दिने दिए ।

पत्रकार सम्मेलनमा बीएण्ड सी र नोबेल मेडिकल कलेजका प्रतिनिधिको उपस्थिति थियो ।