Sat Jun 25 2022
देश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर सरकारले संविधान मिच्यो : भीम रावल

नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन । आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।

उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली (देवनागरी) मा हुनुपर्ने व्यवस्था छ । तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । यो ठेक्कामा अर्बौ रकमको घोटाला भएको हुन सक्ने आशंका गर्दै रावलले भने ‘चोलेन्द्रले इम्बोस्ड नम्बरमा चलखेल गरेर अर्बौ रकम कुम्ल्याएको भनेर अक जना अधिवक्ताले सार्वजनिक मंचमै बोल्नु भएको छ ।’

यसैगरी रावलले इम्बोस्ड​ नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे । रावलले भने ‘इम्बोस्ड नम्बर छाप्दा बाहिरिने अर्बौ रकम नेपालमा बस्थ्यो । तर त्यो सबै रकम बाहिर जाने भयो ।’ यसमा ठेकेदारको घुसपैठ क्षमता बारे जानकी हुने रावलको भनाई छ ।