जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई पाण्डेको प्रश्न ; ओलीजी र देउवाजीले घाटी जोडेमा तपाईँको हालत के हुन्छ र ?

प्रचण्डलाई पाण्डेको प्रश्न ; ओलीजी र देउवाजीले घाटी जोडेमा तपाईँको हालत के हुन्छ र ?

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले र कांग्रेस मिल्ला प्रधानमन्त्रीको हालत के हुन्छ भन्दै प्रश्न गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले सो प्रश्न गरे ।

उनले भने, ‘कठिन परिस्थितिमा विद्रोह गरेर एकीकृत समाजवादीले सघायो । तर फागुन २१ गते चार दलीय गठबन्धन बनाउनुभएछ । सँगै हिनेको सहयात्री रुखको ठुटोजस्तो बेवारिसे बनाएर खोलामा छोड्नु भएछ । ’

उनले जनतामा प्रधानमन्त्रीप्रतिको विश्वास पनि घटेर गएको बताए ।

उनले भने, ‘ओली जी र शेरबहादुर जीले घाटी जोडे भने तपाईँको के हालत हुन्छ । त्यो कुरा पनि ख्याल गर्नुहोला ।’ उनले संसद् विकास कोषको व्यवस्था बजेटमा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका