जोडिनुहोस
  • होमपेज
  • अहिलेको गठबन्धनको गोत्र मिलेको छ ; महिन्द्रराय यादव

अहिलेको गठबन्धनको गोत्र मिलेको छ ; महिन्द्रराय यादव

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी-एमाले गठबन्धनको गोत्र पनि मिलेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए ।

‘गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ । ‘विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका