Sun Jun 26 2022
मुख्य खबर

अचाक्ली मुल्यवृद्धिको मारमा जनता, सरकारलाई सत्ता प्यारो

अमृत ढकाल- महंगीको मारले आमसर्वसाधरणको दैनिकी निकै कष्टकर बनेको छ । एक वर्षको अवधिमा मात्रै पेट्रोलको मुल्य २१ पटक हेरफेर भयो भने मुल्य झण्डै दोब्बर रुपैंयाले बढेको छ ।

यस्तै ज्याला मजदुरी गरेर दुई छाक टार्नेहरुको भान्सा बन्द हुने अवस्थामा पुगिसकेको छ । आम उपभोक्ताले दैकिक प्रयोग गर्ने दाल,चामल,चिनी, खाने तेल, तरकारी र फलफुलको मुल्य समेत आकासिएको छ ।

व्यवसायीले पेट्रोलियम पदार्थको भाउ बढेका कारण ढुवानी पनि बढेको भन्दै बजारमा खाद्यान्नदेखि लत्त्ता कपडाको भाउ मनपरि रुपमा बढाएका छन । तर पनि मुल्यवृद्धिलाई नियमन गर्ने सम्बन्धित निकाय मौन बसेको छ भने सरकारका मन्त्रीले करको दर बढाउन रातारात सेटिङ गर्ने गरेका छन ।

यसैबीच सरकारले पेट्रोलियम पदार्थबाट मात्रै झण्डै ६० प्रतिशत कर उठाउदै आएको छ । आफूले उठाउने करमा कमि आउने भएपछि सरकारले पनि व्यवसायीले जस्तै युक्रेन युद्द देखाउँदै मुल्यवृद्धिलाई प्रोत्साहन गरेको छ ।

अहिले सम्रग रुपमा बढेको मुल्यवृद्धि पेट्रोलियम पदार्थ प्रमुख कारण भएको भन्दै सरकारले मुल्यवृद्धिको बचाउ गरेको छ । आफ्ना माग सुनुवाई नहुँदा महिनौ दिनसम्म पनि संसद ठप्प पार्न सक्ने प्रमुख प्रतिपक्ष दल अहिले तै चुप मै चुप जस्तै बनेको छ ।

अझ आफूलाई रिस उठ्दा नेपालनै बन्द गर्ने माओवादीलाई त यतीबेला टर्च बालेर खोज्नु पर्ने अवस्था छ । केही समय अघिसम्म पेट्रोलको भाउ एक रुपैया मात्र बढ्दा काठमडौका रेलिङ भाच्ने विद्ययार्थी संघठन यतिबेला देखिनका लागि मात्रै सडकमा आउने गरेका छन ।

पेट्रोलको भाउ घट्नु पर्ने एकोहोरो आवास सुनिरहँदा पेट्रोल विकल्पमा हेरिएको विधुतित सवारी साधनमाथी भने सरकारले करको दायरा बढाएको छ । पेट्रोलको भाउ आकाशीयका बेला विधुतीय सवारीलाई बढावा दिनु पर्ने बेला सरकारले उल्टै व्यवसाहीलाई निरुत्साहीत गरेको छ ।

मुल्यवृद्धि नियन्त्रणमा सरकार अझैपनि उदासिन भए बजारमा विचौलीयाले सल्बलाउने मौका पाउने छन । बजारमा अचाक्ली बढेको मुल्यवृद्धिलाई नियन्त्रण नगर्ने हो भने भोलीका दिनमा यसले ठूलो दुर्घटना निम्त्याउने पक्का छ । त्यसैले सरकार सत्ता केन्द«ीत भन्दा पनि जनता समपर्तित हुन आवश्यक छ ।