Mon Jul 4 2022
Breaking News

नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक डीआईजी बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।

यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् ।

दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।