Mon Jul 4 2022
खेलकुद

आज ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवस २०२२ को अवसरमा आज बिहीबार नेपालमा विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ ।

कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा बिहीबार अपरान्ह विविध कार्यक्रम आयोजना हुने जनाएको छ । आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ।

नेपालमा ओलम्पिक दिवस १९ दिन खेलकुदको विविध कार्यक्रम आयोजना गरेर मनाईएको छ । नेपालमा जेठ २२ गतेबाट विविध कार्यक्रम दिवस मनाउन सुरु गरिएको थियो ।

यस पटक नेपालमा २ हजार ४ सय ८६ कार्यक्रम आयोजना भएको कमिसनले जनाएको छ । जसमा २ लाख २५ हजार ४ सय ४५ व्यक्तिको सहभागिता रहेको बताईएको छ ।