जोडिनुहोस
  • होमपेज
  • उदयपुरमा बोलेरो जिप दुर्घटना, ६ जनाको मृत्यु, ८ घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना, ६ जनाको मृत्यु, ८ घाइते

सुनसरीको धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरका लागि छुटेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ८ जनालाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । बोलेरोमा १४ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका