जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीबारे जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सुन तस्करीबारे जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८४ पृष्ठको प्रतिवेदन बुझाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ केजी र इलेक्ट्रिक चुरोट भेपमा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन प्रकरणमा आयोगले अनुसन्धान गरेको थियो । आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो।अनुसन्धानको क्रममा त्रुटि गर्ने सरकारका अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । गत असोज १४ गते सरकारले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका