जोडिनुहोस
  • होमपेज
  • शेयर बजार दोहोरो अङ्कले घट्यो, ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार

शेयर बजार दोहोरो अङ्कले घट्यो, ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार

शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार ओरालो लागेको दिन स्वाभिमान लघुवित्त कम्पनीको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन वीन नेपाल लघुवित्त र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ५० करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका