जोडिनुहोस
  • होमपेज
  • चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने

चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने

चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुन् । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि उनको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भने, ‘मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।’

चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ । “हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुन चाहन्छौं,” वोङले एक विज्ञप्तिमार्फत जानकारी गराए।

‘यदि हामीले हाम्रा मतभेदहरूलाई बुद्धिमानीपूर्वक मार्गनिर्देश गर्यौं भने स्थिर द्विपक्षीय सम्बन्धले दुवै देशलाई आ–आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन सक्षम बनाउँछ भन्ने अस्ट्रेलियाको धारणा हो ।’ सन् २०२२ मा अल्बानिजको मध्य–वामपन्थी लेबर पार्टीले सरकारको नेतृत्व गरेपछि अस्ट्रेलियाको चीनसँगको व्यापार सम्बन्धमा सुधार आएको छ ।

क्यानबेराले हुवावेलाई फाइभजी सम्झौतामा प्रतिबन्ध लगाएपछि चीनले सन् २०२० मा अस्ट्रेलियाका प्रमुख निर्यातमा थप कर लगाउँदै सहज व्यापारको वातावरणमा अवरोध ल्याएको थियो । बेइजिङले यसअघि नै अष्ट्रेलियाली कोइला, काठ र जौमा कर र प्रतिबन्धहरू हटाइसकेको छ र यसले अस्ट्रेलियाली वाइनमा लगाएको प्रतिबन्ध पनि हटाउने अपेक्षा गरिएको छ । मेलबर्नस्थित ट्रेजरी वाइन एस्टेट्सले यसै साता चिनियाँ र अस्ट्रेलियाली अधिकारीहरूले पाँच महिनाको समीक्षापछि वाइनको शुल्क हटाउने बेइजिङको ‘अन्तरिम मस्यौदा संकल्पबारे सुझाव दिएको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका