रामहरि श्रेष्ठ, ओखलढुङ्गा- सिद्धिचरण नगरपालिका १२ स्थित गोगुने पाखामा खोलाबाट सुरु भएको पहिरोले सिंगो गाउँ नै जोखिमा पारेको छ ।
मुनीबाट बग्ने लिपे खोलाले कटान गरेर सुरु भएको पहिरोे अहिले गाउँ सम्म आईपुगेको छ । पहिरोका कारण स्थानीयलाई राति निदाउन समेत सकेका छैनन् । घर छेवैमा आईपुगेको पहिरोले कुनबेला बगाउने हो भन्ने चिन्ता स्थानीयको मनमा छ ।
करिब १० बर्ष अगाडी खोला छेउबाट सुरु भएको पहिरो गत बर्षको बर्खामा ठुलो बनेर गाउँसम्म आएको हो । गाउँनै जोखिममा पार्नेगरी आएको पहिरोले स्थानीलाई बारम्बार झस्काईरहेको छ । पहिरोकै कारण स्थानीयहरु दिनभर मजदुरी तथा ज्यालादारी गर्न बालबालिका सहित घर बाहिर निस्कने गरेका छन् ।
१० घरपरिवार रहेको गाउँमा चलेको पहिरोले तत्काल तिनघरलाई अन्यत्र सार्नुपर्ने अवस्था छ । तिन घर स्थानीयको घरबाट करिब १० मिटर नजिकै पहिरो आइपुगेको छ । यसबर्षपनि निरन्त पानी परिरहेकाले पहिरो अझै जानसक्ने संकेत देखिएको छ ।
पहिरो नियन्त्रण तथा नागरिकको सुरक्षाका लागी स्थानीय सरकारले पनि पहल गरिरहेको छ । वडा कार्यलयले तत्काल जोखिममा रहेका नगरीकलाई अनेत्र सार्ने प्रयास गरिरहेको जनाएको छ ।
पहिरोको जोखिम मोलेरै बसीरहेका स्थानीयलाई राज्यतहबाट सहयोग भए हुन्थ्यो भन्ने आशा गरेको भएपनि सम्बन्धि पक्षको ध्यान भने पुग्न सकेको छैन । सदरमुकाम नजिकैको बस्ती भएपनि अहिले सम्म कुनैपनि निकायबाट सहयोग तथा ब्यवस्थापनका लागी पहल नभएको स्थानीयको गुनासो छ ।