Sat Jun 25 2022
देश

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनले प्राप्त गरेका छन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्नेगरी नियुक्ति दिइएको हो ।

यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त | Kathmandu  Pati Kathmandu Pati