जोडिनुहोस
  • होमपेज
  • रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसो १ बजे लुटेराहरुले गोली हानेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गोली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । उनले भने ‘उहाँको अवस्था चिन्ताजनक छ । कन्चटमा गोली लागेको छ ।’ प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल पनि बरामद गरेको छ । श्रेष्ठका अनुसार मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरीएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?