जोडिनुहोस
  • होमपेज
  • सुन तस्करी प्रकरणको छानबिनमा सीआईबीले त्रुटि गरेको आयोगको निष्कर्ष

सुन तस्करी प्रकरणको छानबिनमा सीआईबीले त्रुटि गरेको आयोगको निष्कर्ष

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सुन तस्करीको छानबिनमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रुटि गरेको निष्कर्ष निकालेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्षसहित ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगले सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ ।

यस्तै आयोगले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित थप सात जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै आयोगले सहसचिव एवम् अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

यसैबीच सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका ५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

आज बिहान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । गृहमन्त्री लामिछानेसँग छलफल गरेपछि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । गृहमन्त्री लामिछानेले सुन तस्करीको अनुसन्धानमा गम्भीर लापर्बाही गरेको पाइएको बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका