Tue Jun 28 2022
मुख्य खबर

१३ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

बारा – बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका(३ का ३३ वर्षीय लाल काजी रहेका छन् । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।