Sun Jun 26 2022
मुख्य खबर

इन्धनको मूल्य २६ रुपैयाँ घटाउन शेखर कोइरालाको माग

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अचाक्ली महंगीको चपेटाबाट जनतालाई बचाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा घटाउन माग गरेका छन् ।

जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको विभिन्न शीर्षकको करमा छुट दिनु पर्ने नेता कोइरालाले आग्रह गरेका हुन् ।

शुक्रबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भंसार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२।६२ गरि जम्मा रु २६।६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म नलिने निर्णय गरोस् ।’