जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत ४ गते आइतबारको राशिफल

आज २०८० साल चैत ४ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । तपाईंलाई लगानीको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ । परिवारिक सम्बन्धबाट साथ र सहयोग निरन्तर रहनेछ ।

मिथुनः समय राम्रो छ । धर्म र अर्थको क्षेत्रमा उत्साह बढ्नेछ । देशभित्र अवसरको सिर्जना हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेमममा खुशी मिल्नेछ ।

कर्कटः दिन सामान्य छ । परिवारले शंका गर्ने दिन छ । लगानी गर्दा सचेत बन्नुपर्ने दिन छ । मिठा कुरा गरेर आफूलाई बदनाम गर्नेसँग सचेत हुनुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने अपेक्षा गर्न सकिन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

सिंहः आजको समय राम्रो छ । लगानीका क्षेत्रबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक लगानीबाट फाइदा हुन्छ । परिवारले मर्म नबुझ्दा मनमुटाव हुनसक्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।

कन्याः समय राम्रो छ । अपेक्षा नगरेको आम्दानी हुनसक्छ । यात्रा गर्नुभए सफल र रमाइलो हुनेछ । परिवारको माया पाइने छ । प्रेममा हुनुहुन्छ भने सम्बन्ध सफल बन्नेछ । स्वदेशमै काम गर्ने अवसर मिल्नेछ ।

तुलाः दिन राम्रो छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः आजको समय राम्रो छ । एउटा गलत काम खोज्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत हुनु राम्रो हुन्छ । मातापिताको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनुः दैनिकी राम्रो छ । ठुलो उद्योगमा लगानी गर्नु फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक यात्रा गर्ने योग रहेको छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । साथीको माया मिल्नेछ ।

मकरः दिन राम्रो छ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । समाज सेवा गर्ने अवसर मिल्नेछ । सोचेको काम भने अधुरो बन्ने देखिन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ ।

कुम्भः दिन सामान्य राम्रो छ । अचानक अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ । मानसिक चिन्ताले सताए पनि धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीनः समय राम्रो छ । श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा देखिएका समस्याको सुधार हुनेछ । सामाजिक क्षेत्रमा विरोधको आवाज सुन्नुपर्नेछ । आम्दानी भन्दा खर्च बढी हुने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका