जोडिनुहोस
  • होमपेज
  • कांग्रेस कमजोर भयो भने यो देश रहँदैन, युक्रेनको जस्तो हालत हुनेछः सह–महामन्त्री राठौर

कांग्रेस कमजोर भयो भने यो देश रहँदैन, युक्रेनको जस्तो हालत हुनेछः सह–महामन्त्री राठौर

नेपालगन्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले मुलुकमा प्राप्त उपलब्धीलाई कांग्रेस बाहेक अरु कसैले जोगाउन नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति बाँकेको प्रथम अधिवेशनलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै राठौंरले कांग्रेसले हार्यो भने यो ब्यवस्था नै जाने बताए ।

ञयदी कांग्रेसले हार्यो भने यो ब्यवस्था जान्छ, कांग्रेसले हार्यो भने यो देश समाप्त हुन्छ, गरिब जनताहरु झन् झन् गरिब हुन्छन्,’ उनले भने ‘कांग्रेस कमजोर भयो भने यो देश रहँदैन, युक्रेनको जस्तो हालत हुनेछ ।’ मुलुकमा रहेको ब्यवस्थाले महिला, आदीवासी, थारु, मधेसी, मुस्लिम लगायत जात जातीलाई अधिकार दिएको र तीन तहको सरकारको परिकल्पना गरेको बताए । ‘त्यसैले यो ब्यवस्था जोगाउनका लागि काँग्रेसलाई भोट हाल्ने हो, काँग्रेस बाहेक अरु कुनै पार्टीले यो ब्यवस्थालाई जोगाउँदैन,’ उनले थपे ।

‘कांग्रेसले यो देशमा तीनरतीन वटा आन्दोलनको नेतृत्व गर्यो, जनतालाई रैतिबाट नागरिक बनायो, जनतालाई अधिकार सम्पन्न बनायो,’ उनले भने ‘हैसियत नभएको पार्टी, हैसियत नभएको नेता रबि लामिछाने जस्तो ब्यक्ति आज यो देशको उपप्रधानमन्त्री र गृहमन्त्री भईसक्यो ।’

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष कृष्ण पुनको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा महासंघकी केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक, लुम्बिनी प्रदेश सांसद माया पुन, पुर्वमन्त्री एवम कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका