Sun Jun 26 2022
मुख्य खबर

आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु हुँदैन : सांसद मगर

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्न नहुने बताउनु भएको छ ।

आज राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद मगरले कुनै पनि नागरिकलाई राज्य बिहीन र नागरिकता बिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्न नहुने बताउनु भएको हो ।

उहाँले पुरुषवादी र पितृ सत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सांसद मगरले चालु संसद अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

सांसद मगरले महंगिले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मनाङ जिल्लालाई गतवर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गर्नुभयो । त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढी पहिरोले क्षति पु¥याएको र जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।