काठमाडौं । हङकङलाई १२ रनले पराजित गर्दै घरेलु टिम मलेसिया एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनल पुगेको छ । फाइनल पुगेसँगै मलेसियाले एसिया कपमा स्थान बनाएको छ ।
किनरारा ओभल एकेडेमीमा टस जितेर पहिला बलिङ गरेको हङकङलाई मलेसियाले ८७ रनको लक्ष्य दिएको थियो । मलेसियाले दिएको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रनमा सीमित भयो ।
वर्षाका कारण यसअघिको सेमिफाइनल खेल पुरा हुन नसक्दा नेपाल बाहिरिँदै यूएईले फाइनलमा स्थान बनाएको थियो । यस्तै, फाइनल पुग्ने दुवै टिमले एसिया कपमा स्थान बनाएका छन् ।
यूएई र मलेसियाबीचको फाइनल खेल शनिवार हुनेछ ।