Sat Jun 25 2022
देश

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोड ३५ लाखको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरभन्दा ललितपुर महानगरको करिब १९ अर्ब कम बजेट ल्याएको छ ।

काठमाडौं महानगरले २५ अर्बको बजेट ल्याएको छ । ललितपुरमा अब स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने भएको छ ।

खानेपानी र ढलले आफूखुसी सडक खन्ने क्रम रोकिने भएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।