Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

विवाह ६ वर्षपछि डिभोर्स गर्दै रफ्तार र कोमल

भारतका चर्चित र्‍यापर रफ्तार र उनकी श्रीमती कोमल बोहराले डिभोर्स गर्ने निर्णय लिएका छन्। उनीहरूले विवाह गरेको ६ वर्षपछि डिभोर्स लिने निर्णय गरेका हुन्। रफ्तार र कोमलले २०१६ मा विवाह गरेका थिए।

हिन्दुस्तान टाइम्सका अनुसार रफ्तार र कोमलले २०२० मै डिर्भाेस फाइल गरेका थिए तर कोरोना महामारीको कारण प्रक्रियामा ढिलाइ भएको हो।

रफ्तार र कोमलको नजिकको स्रोतअनुसार विवाह गरेको केही समयपछि नै मनमुटाब सुरु हुन थालेको थियो। ‘दुवै आफ्नो जीवनमा परिवारसँग अगाडि बढिरहेका छन्। उनीहरू खुशी हुने प्रयास गरिरहेका छन्,’ स्रोतले भने।

डिभोर्सको बारे रफ्तार र कोमलले केही बताएका छैनन्। तर उनीहरूले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। रफ्तार र कोमलको भेट २०११ मा एक साथीको घरमा भएको थियो। पाँच वर्षको प्रेमपछि उनीहरूले विवाह गरेका थिए।