Fri Aug 19 2022
मुख्य खबर

सुदूरपश्चिमका किसानलाई मल र पानीको अभाव

 दिनेश बिष्ट,  कैलाली-  हरेक वर्ष झै यसवर्ष पनि रासायनिक मलको अभावमा सुदूरपश्चिम प्रदेशका किसान मलकै खोजीमा भौतारिएका छन् । धान रोप्ने समयमा डिजेल समेत पाउन छाडेका कारण प्रदेशका अधिकांश क्षेत्रमा रोपाँई अनिश्चित बनेको छ ।

अन्य प्रदेशमा २ साता पहिले नै मनशुन शुरु भए पनि सुदूरपश्चिममा अहिलेसम्म पानी परेको छैन् । ढिलोसम्म पनि मनसुन शुरु नहुँदा अधिकांश खेतीयोग्य जमिन बाँझै छ ।

मल र बर्षा नहुदाँ कैलालीमा अहिलेसम्म १० देखि १५ प्रतिशत मात्रै रोपाई सकिएको स्थानीयको भनाइ छ । समयमा बर्षा नहुनु र आवश्यक मात्रामा मल नुहदाँ यसबर्ष पनि सोचे जस्तो उत्पान नहुने भन्दै किसान निराश भएका छन् ।

सरकारले कृष्ाि ब्यवसायलाई प्रवद्र्धन गर्न बजेटमा हरेक बर्ष प्राथमिकता दिए पनि किसानले जहिले पनि खेती शुरु गर्ने बेला मलको अभाब खेप्नु पर्ने बाध्यता छ । यसैबीच कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का किसान शेरबहादुर चौधरीले वर्खे खेती गर्दा समस्या नै समस्या झेल्ने गरेको गुनासो गरे ।

सिंचाइका लागि आफूहरुले विजुलीबाट चल्ने मोटर राखे पनि कम भोल्टेजका कारण समस्या भई रहेको उनले बताए । यस्तै सोही क्षेत्रका किसान शुसिला चौधरीको पनि समस्या उस्तै छ ।

जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुदै आएको छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर पर्याप्त सिँचाइ सुविधाको अभाव छ । कतै नदी तथा कुलोबाट सिँचाइ गरिन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती गरिदै आएको छ । तर यसवर्ष कैलालीमा समयमै बर्सात नहुँदा किसानले रोपाइँ गर्ने धानखेत अहिलेसम्म पनि बाँझै देखिएका छन् ।