Fri Aug 19 2022
Breaking News

मन्त्री हुँदा फन्डा, छोड्नु परेपछि वितन्डा

अमृत ढकाल- मन्त्री हुँदा फण्डे मन्त्री भन्दै आलोचित बनेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु अहिले मन्त्री पद छाड्नु परेपछि पार्टीभित्र आक्रमक देखिएका छन ।

पार्टी कमिटीले मन्त्री हेरफेर गर्ने निर्णय गरे पनि एकिकृत समाजवादीका मन्त्रीहरुले भने मन्त्री पद छाड्नु परेपछि पार्टी नै विभाजन गर्नेदेखि संसदीय दलको नेताबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नै निस्कासन गर्ने चेतावनी दिएका छन ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले मन्त्री हेरफेरबारे पार्टी अध्यक्ष नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएसंगै अध्यक्ष नेपाललाई संसदीय दलको नेताबाट हटाउने रणनीति असफल भएको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रिय कमिटिको बैठक पनि उनीहरुले असहमती जनाउदै बहिस्कार गरेका छन । पर्यटन मन्त्री आले मन्त्री छाड्न तयार भए पनि सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भने मन्त्री पद जोगाइ दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गुहार मागेका छन ।

यद्यपी नेताहरुले भने सुरु देखिनै मन्त्री हेरफेर गर्ने विषय पार्टीको आन्तरिक विषय भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन चेतावनी दिदै आएका छन ।

नेकपा एमाले विभाजन गरेर नयाँ दल गठन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालिन नेपाल–खनाल समुहमा दुविधा बढ्दै गएका बेला माधव नेपालको हात समातेर निर्वाचिन आयोग पुगेकी एकिकृत समाजवादीकी नेतृ झाक्रीलाई त्यतीबेला एक शाहसी महिला, शशक्त क्रान्तिकारी र शाहसी राजनीतिक योद्धा भन्दै उनको चौतर्फी प्रशंशा गरिएको थियो । तर नेपालको हात समातेर निर्वाचन आयोग पु¥याउनेदेखि मुखमा टेप टाँसेर संविधान जोगाउन गरेको भाषण सबै मन्त्री बन्नकै लागि स्टन्ट बाजी रहेको भन्दै यतीबेला उनको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्री नपाएको झोकमा सधै एमाले अध्यक्ष केपी शर्मा ओलीको उछितो काड्ने एकिकृत समाजवादीका नेता तथा मन्त्री विरोध खतिवडाको कार्यकाल पनि काम भन्दा फण्डा गरेर वितिरहेको छ ।

ओलीले संविधान मासे अब एमालेमा बस्नै हुन्न भन्दै पार्टी फुटाउन माधव नेपाललाई उक्साएका खतिवडा पनि केवल मन्त्री बन्नकै लागि मरिहत्ते गरेका रहेछन भन्दै पार्टीभित्र उनको आलोचना भएको छ ।

लामो समय ओली निकट रहेर एमालेमा काम गरेका श्रम मन्त्री समेत रहेका एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ पनि ओलीले मन्त्री नबनाएको झोकमा एमाले फुटाउने र मन्त्री बन्नका लागि बुढानिलकण्ठ धाएको समाचार अहिले पनि ताजै छन ।

दलीय व्यवस्थामा दलले सांसद र मन्त्री बनाउने गर्छ । तर वर्तमान अवस्था हेर्ने हो भने एकीकृत समाजवादीले मन्त्री बनाएको हो वा मन्त्रीले एकीकृत समाजवादी छुट्याउन मुस्किल पर्ने गरेको छ ।

कुनै सिद्धान्त र विचारमा विमती भएर भन्दा पनि माधव नेपालले अध्यक्ष र झलनाथ खनालले राष्ट्रपति पाउनका लागि एमाले विभाजन गरेको असर अहिले देखिएको भन्दै विपक्षीले आलोचना गरेका छन ।

हुँदा खाँदाको आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको नेतृत्वमा सरकार बनाएको नियति यतीबेला माधव नेपालले भोगेको भन्दै एमाले नेताहरुले कटाक्ष गरेका छन । तत्कालिन एमालेमा रहँदा माधव नेपाल निकट रहेर काम गरेका योगश भट्टराई लगायतका नेताले पनि यो दिन एक दिन आउनै थियो भन्दै माधव नेपालमाथि व्यङग्य हानेका छन ।

यसरी राजनीतिमा एकपछि अर्काे गर्दै कठिन मोडमा आइपुगेकाु्े माधवकुमार नेपालको आगामी राजनीतिक जिवन कस्तो होला भन्ने यतिबेला धेरैको चासोको विषय बनेको छ ।