जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

गृहमन्त्री लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पिडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए ।

पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पिडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेविरुद्ध कांग्रेसले सदनमा र भातृ संगठनले सडकमा विरोध गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका