Wed Aug 17 2022
Breaking News

राजसंस्थाको मुद्दा छाडेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको घोषणा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका हुन्।

राजसंस्थाको मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताउंदै अध्यक्ष थापाले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताए ।

उनले देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेको बताए । राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दु राष्ट्र कहिल्यै पुनःस्थापना नहुने अध्यक्ष थापाले बताए।