Fri Aug 19 2022
मुख्य खबर

लोकतान्त्रिक समाजवादी नेपाल र लोक दलबीच एकीकरण पत्रमा हस्ताक्षर

लोकतान्त्रिक समाजवादी पार्टी र लोक दलबिच आज पार्टी एकीकरणबारे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेश र समग्र देशको जनताको अधिकार प्राप्तिको सघर्षलाई अझ माथि पु-याउन दुई पार्टीबीच एकीकरण भएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो ।

दुइ पार्टीबीच भएको एकीकरणबाट समग्र देशमा रहेका उपेक्षित, उत्पीडित, पिछडा वर्ग लगायत मधेशी तथा अधिकारबाट वञ्चित नागरिकको आवाजलाई सम्बोधन गर्न दुई पार्टीको एकीकरण भएको उहाँले बताउनुभयो ।

यस्तै लोक दलका अध्यक्ष कौशलकुमार सिंहले राज्यले मधेशका नागरिकमाथि दमन र विभेद भइरहेको भन्दै त्यसविरुद्ध आवाज उठाउन दुई पाटीबीच एकता भएको बताउनुभयो

अध्यक्ष सिंहले देशका ठुला राजनैतिक दलहरुले स्मार्ट सिटि लगायत ठुला–ठुला सपना देख्ने गरेको बताउँदैै आफु गरिब दुःखी जनताको नेता भएको बताउनुभयो ।

ठुला राजनीतिक दलले जनतालाई सपना मात्रै बाड्ने गरेको भन्दै उहाँले आफु जनताको स–साना अधिकारका लागि लड्न रुचाउने गरेको बताउनुभयो ।