Fri Aug 19 2022
मुख्य खबर

प्रेम आले भन्छन् : आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए ।

‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्रु भनेर सोधे भने ९० प्रतिशत अङ्क ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’उनले आफू पक्रियामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।

उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।