Fri Aug 19 2022
मुख्य खबर

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन एकीकृत, समाजवादीका मन्त्री हेरफेर

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।

आज प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्री देउवाले सोही पार्टीका नयाँ मन्त्रीको नाम पठाउनु भएको थियो ।

राष्ट्रपति भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त गर्नुभएको छ ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङलाई मन्त्रीमा बढुवा गरिएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।