Fri Aug 19 2022
अन्तर्राष्ट्रिय

मलयालम अभिनेता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा पक्राउ

मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजयबाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए।

केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिइसकेकाले उनलाई प्रहरीले छिट्टै रिहा गर्ने विश्वास गरिएको छ । विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको कथित स्थानबाट प्रमाण संकलन गर्ने बताइएको छ । अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो । उनले यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्ने बताएका छन् ।