Fri Aug 19 2022
देश

थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ सय नाघे

नेपालमा थप ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३५८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३६ र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसमध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ जना सङ्क्रमित थपिएका छन् ।

यो अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । पछिल्ला केही दिनमा कोरोना सङ्क्रमित बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ७९२ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।